२०८२ असार १०, मङ्गलवार , ०२:३७:४१ बजे

Sajhamanch
'

ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै इजरायलले भन्यो– ‘इरान आक्रमणको उद्देश्य पूरा भयो’

मङ्गलवार, असार १०, २०८२

झापा । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न परमाणु अस्त्र तथा ब्यालेस्टिक क्षेप्यास्त्रको खतरा निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ ।

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भू–भागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति शुरू भएको जनाएको छ । इरानी हमलामा दक्षिणी क्षेत्रमा चार जनाको ज्यान गएको इजरायलले बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए । ट्रम्पले युद्धविराम शुरू भएको र उल्लङ्घन नगर्न आग्रह गरेका थिए।

गएको १२ दिनदेखि इजरायल र इरानबीच युद्ध चर्किँदा मध्यपूर्वमा व्यापक द्वन्द्वको आशङ्का बढेको थियो ।

सम्बन्धित खबर