२०८२ असार १०, मङ्गलवार , ०१:१८:४७ बजे

Sajhamanch
'

इजरायलसँग युद्धविराम शुरु भयो : इरानी टेलिभिजन

मङ्गलवार, असार १०, २०८२

झापा । इरानको सरकारी टेलिभिजनले इजरायलसँग युद्धविराम शुरु भएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि बिन्ती गरेपछि इजरायलसँग युद्धविराम शुरु भएको इरानी टेलिभिजनको दाबी छ । तर युद्धविराम शुरु भएको दाबी गरिरहँदा इरानले इजरायलको दक्षिणी शहर बियरशेभामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणमा तीन जनाको ज्यान गएको अलजजिराले जनाएको छ । यसअघि इरानी विदेशमन्त्री सईद अब्बास अराघचीले इजरायलले आफ्नो सैन्य आक्रमण रोकेको खण्डमा इरानले पनि कुनै किसिमको प्रतिकार नगर्ने बताएका थिए। अमेरिकी अधिकारीहरूले भने इजरायल र इरान दुवै युद्धविराममा सहमत भएको बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सिधा कुरा गरेर युद्धविराममा सहमति जुटाएक छन् । तर इजरायलको कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि सामाजिक सञ्जालमार्फत ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताएका थिए।

सम्बन्धित खबर