२०८२ असार ९, सोमवार , ०१:५६:०३ बजे

Sajhamanch
'

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

सोमवार, असार ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने’ भनेर लेखेका छन् । तर अमेरिकी सरकारका अरु वरिष्ठ अधिकारीहरूले भने फरक धारणा सार्वजनिक गरेका छन् ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो आक्रमण सत्ता परिवर्तनका लागि नभई ईरानको परमाणु कार्यक्रमलाई रोक्न गरिएको बताएका छन् । यसअघि उपराष्ट्रपति जेडी भ्यान्सले पनि अमेरिकाको उद्देश्य सत्ता परिवर्तन नभई ईरानको परमाणु खतरा अन्त्य गरेको बताएका थिए।

इजरायल र इरानबीच लडाइँ कायमै रहेको बेला अमेरिकाले शनिवार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो ।

साउदी अरब, कतार, पाकिस्तानलगायतका इस्लामिक देशहरूले अमेरिकाप्रति कडा प्रतिक्रिया जनाएका छन् । ती देशहरूले अमेरिकाको कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् । उनीहरुले कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर