२०८२ असार ६, शुक्रवार , ०१:२८:५२ बजे

Sajhamanch
'

गाजामा राहत लिनेमाथि आक्रमण : १२ जनाको ज्यान गयो

शुक्रवार, असार ६, २०८२

झापा । इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन (जीएचएफ)ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो ।

गएको मे महिनादेखि जीएचएफले संयुक्त राष्ट्र सङ्घको राहत कार्यक्रमलाई प्रभावित हुनेगरी राहत वितरण गर्न शुरु गरेपछि अहिलेसम्म त्यहाँ सयौँको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

गाजामा पछिल्लो समय ज्यान गुमाउनेमा हमास केन्द्रित विद्रोहीहरुभन्दा धेरै राहत सङ्कलन गर्न जाने छन् । हिजो राहतका लागि हजारौँ जना लाइन लागि रहेको समयमा आक्रमण भएको हो ।

सम्बन्धित खबर