२०८२ असार ५, बिहिवार , ०८:२१:०७ बजे

Sajhamanch
'

साङ्गवेदका ५९ जना विद्यार्थीलाई बिर्तामोड नगरपालिकाको पोशाक

बिहिवार, असार ५, २०८२

बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका ५९ जना प्राथमिक तहका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ।

आज आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालयका प्रधानाध्यापक छविराज रेग्मी र व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीलाई पोशाक हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा अध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष टंक खनाल, समाजसेवी डिल्लीराम सिटौला लगायतको सहभागिता थियो।

सम्बन्धित खबर