२०८२ असार ४, बुधवार , ०२:००:२१ बजे

Sajhamanch
'

इजरायलसँग शान्ति सम्झौता नगर्ने इरानको जवाफ

बुधवार, असार ४, २०८२

झापा । इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमिनीले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । उनले बल्ल युद्ध शुरू भएको चेतावनी समेत दिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने सुझाव दिएक थिए। त्यसपछि खोमिनीले कडा जवाफ दिनुपर्ने भन्दै युद्ध नरोक्ने बताएक हुन् ।

ट्रम्पले इरान र इजरायलबीचको द्वन्दमा अमेरिका संलग्न भए इरानले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिएका छन् ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, पछिल्लो आक्रमणमा अमेरिकाले अहिलेसम्म आधिकारिक रुपमा आफ्नो सहयोगबारे बोलिसकेको छैन ।