२०८२ असार १, आइतवार , १०:३८:१९ बजे

Sajhamanch
'

अमेरिका–इरानबीच आज हुने भनिएको परमाणु वार्ता रद्द : ओमानका विदेशमन्त्री

आइतवार, असार १, २०८२

झापा । आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गरेका छन् । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ ।

कूटनीति र संवाद नै स्थायी शान्तिको एक मात्र बाटो रहेको तर अहिलेको परिस्थितिलाई हेर्दा अमेरिकासँग वार्ता जारी राख्नु नहुने ओमानको भनाइ छ । ओमानले अमेरिका र इरानबीच इरानको परमाणु कार्यक्रमसम्बन्धी वार्ता गर्न मध्यस्थता गरिरहेको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरुको लक्ष्य इरानबाट उत्पन्न हुने परमाणु तथा ब्यालिस्टिक मिसाइलजस्ता दोहोरो खतरा रोक्नु हो भएको बताएका छन् । इरानले २० हजार मिसाइल उत्पादन गर्ने क्षमता बनाउन लागेको नेतन्याहुनको दाबी छ ।

त्यसैले इजरायलले इरानको उत्पादन क्षमतालाई नष्ट गर्नका लागि कारबाही गरेको बताएको खबरमा उल्लेख छ । चाँडै तेहरानको आकाशमा इजरायली विमान, वायुसेना, र आफ्ना पाइलटहरू देखिने राष्ट्रपति नेतन्याहुले चेतावनी दिएका छन् ।

यसैबीच इरानका राष्ट्रपति मसूद पेजेश्कियानले चेतावनी दिंदै यदि इजरायलले आक्रमण जारी राख्यो भने, अझ ‘कडा’ प्रतिकारको लागि तयार रहनु पर्ने बताएका छन् । गएको बिहिवार इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच अहिले तनाब बढीरहेको छ ।

सम्बन्धित खबर