
काठमाडौं । लगातारको वर्षाले नदी र खोलाहरुमा पानीको सतह बढ्न थालेको छ । अहिले धनकुटाको मछुवाघाटमअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।
यस्तै देशका अरू केही ठाउँहरुमा मध्यमदेखि ठूलो पानी परिरहेकोले खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार मकवानपुरको हेटौंडा र रजैया आसपास, धनुषाको चिसापानी क्षेत्र र आसपास, तथा बारा र रौतहटको रजुवा र चन्द्रपुर आसपासका खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महशाखाले अनुरोध गरेको हो ।