२०८२ जेठ ३१, शनिवार , ०४:०२:५८ बजे

Sajhamanch
'

राप्रपा र रास्वपाको अवरोधकै बीच अघि बढ्यो संसद्

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकै बीच प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।

सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

पाण्डेले बोल्दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।

लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।