२०८२ जेठ ३०, शुक्रवार , १०:५१:०९ बजे

Sajhamanch
'

मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई सतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने

शुक्रवार, जेठ ३०, २०८२

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) गर्ने सबै विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति दिने भएको छ ।

विश्व विद्यालयले विद्यावारिधि तहमा भर्ना हुन आउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ पनि शैक्षिक भत्ता प्रदान गर्ने जनाएको छ ।

मकवानपुरको चितलाङमा रहेको विश्वविद्यालयले आउँदो नोभेम्बरको लागि अप्लाइड साइन्स सङ्कायअन्तर्गत स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ ।

विद्यावारिधि तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन दिन सकिन्छ ।

यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो ।

स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था रहेको विश्वविद्यालयका उपप्राध्यापक डा। राजिव सुब्बाले जानकारी दिए।

स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ । जसमध्ये हरेक विधाका दुई/दुई जना विद्यार्थीले शत प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले आउँदो असार २० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबर