२०८२ जेठ ३०, शुक्रवार , ०३:०३:५७ बजे

Sajhamanch
'

इरानको आणविक केन्द्रमा इजरायलको आक्रमण

शुक्रवार, जेठ ३०, २०८२

झापा । इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नो देशमा आपतकालको घोषणा गर्दै लक्ष्य अनुसार तेहरानमा रहेको आणविक केन्द्रसहित धेरै शहरमा आक्रमण गरेको दाबी गरेका हुन् ।

इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको उनको भनाइ छ । इजरायलले आज बिहानै गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन् ।

आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामी, केही वरिष्ठ सैन्य कमाण्डर र इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी मारिएका छन् । इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई निर्णायक क्षणको संज्ञा दिएको खबरमा उल्लेख छ । अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर