२०८२ जेठ ३०, शुक्रवार , १०:१०:४३ बजे

Sajhamanch
'

अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न जारी मतदानमा साँझ ६ बजेसम्म १०४७ मत खसेको छ ।

कीर्तिपुरमा जारी सम्मेलनमा १ हजार ५४१ प्रतिनिधि सहभागी छन् ।

‘प्रति घण्टा डेढ सय जति मत खसिरहेको छ । यस्तै हो भने राति १० बजेसम्म मतदान हुने देखिन्छ’ निवर्तमान अध्यक्ष समिक बडालले भने ।

अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ ।

दुवै जना प्यानलसहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरुलाई समेटेर प्यानल बनाएका छन् ।

सम्बन्धित खबर