
झापा । अमेरिकाको लस एन्जलसमा रातको समयमा कर्फ्यु लगाएपछि स्थिति सामान्य देखिएको छ । धेरै दिनको विरोध प्रदर्शनपछि कर्फ्यु लगाइएको पहिलो रातमा ४०० जना पक्राउ परेपछि अवस्था सामान्य हुँदै गएको बीबीसीले जनाएको छ ।
पक्राउ पर्नेमा ३३० जना कागजात नभएका आप्रवासी छन् । अन्य १७० जनालाई तोडफोडका कारण पक्राउ परेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ ।
यस्तै प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरेको आरोपमा पनि दुई जना पक्राउ परेका छन् । प्रदर्शनपछिको वातावरणलाई नियन्त्रणमा लिन चार हजार राष्ट्रिय सुरक्षा गार्ड र चार सय समुद्री सेना तैनाथ गरिएको थियो ।
लस एन्जलसकी मेयर कारेन बासले राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको आरोप लगाउनुभएको छ । व्यापार व्यवसाय नै प्रभावित भएका कारण कर्फ्यु घोषणा गर्नुपरेको उनको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा गार्ड तथा समुद्री सेना तैनाथ गर्ने निर्णयलाई धेरैले घातक भन्दै आएका छन् ।