२०८२ जेठ २९, बिहिवार , ०४:५७:०२ बजे

Sajhamanch
'

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख

बुधवार, जेठ २८, २०८२

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।

हिकारु गौतम फाउन्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठुलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे ।

सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबिच सहकार्य आवश्यक रहेको जिकिर गरे । सिमलतालमा डुबेका बसहरू र गृहमन्त्री भइसक्नुभएका माधव घिमिरेसहितको जिप डुबेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक बिपद भोग्नुपरेको उनले बताए । कार्यक्रममा हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरी बलको गोताखोर इकाइलाई पानी खोज तथा उद्धार उपकरणहरू हस्तान्तरण गरे ।

सम्बन्धित खबर