२०८२ जेठ २९, बिहिवार , ०४:४०:५१ बजे

Sajhamanch
'

विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुँदै

बुधवार, जेठ २८, २०८२

उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको जानकारी अनुसार योसँगै प्योङयाङ र रुसको सुदूरपूर्वी क्षेत्रमा रहेको खाबारोभ्स्कबीचको रेल सेवा पनि जुन १९ तारिखदेखि पुनः शुरू हुनेछ ।

प्योङयाङ–मस्को मार्ग विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो । यो हरेक महिना दुई पटक सञ्चालन गरिने भएको छ । यो यात्राले १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न झन्डै आठ दिन लाग्ने अनुमान छ ।

कोभिड–१९ महामारीका कारण सन् २०२० को फेब्रुअरीदेखि स्थगित गरेको यो रेल सेवा अब पुनः सञ्चालनमा आउँदा यात्रीहरूलाई ठूलो सुविधा प्राप्त हुनेछ ।

सम्बन्धित खबर