२०८२ जेठ २७, मङ्गलवार , ११:४३:५४ बजे

Sajhamanch
'

ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमको चेतावनी

मङ्गलवार, जेठ २७, २०८२

झापा । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड ट्रम्पले जे चाहेका थिए अहिले त्यो भइरहेको बताएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गभर्नर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाएका छन् । उनले यसअघि नै यो कदमलाई असंवैधानिक भनेका थिए।

शनिवार क्यालिफोर्नियामा इमिग्रेशन र सीमा सुरक्षा प्रवर्तनका कदमहरू विरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । त्यहि बेला ट्रम्प प्रशासनले गभर्नर न्यूजमको आपत्तिमा बेवास्ता गर्दै २०० जना नेशनल गार्ड तैनाथ गरेको हो ।

यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार नेशनल गार्ड तैनातीलाई समर्थन गर्न अमेरिकी मरीनहरूलाई पनि उच्च सतर्कतामा राखिएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर