२०८२ असार १७, मङ्गलवार , ०७:०५:५९ बजे

Sajhamanch
'

धेरै मतदाता मतदान गर्न नआएपछि इटालीमा जनमतसंग्रह असफल

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ । दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि यो नतिजा आएको अलजजिराले जनाएको छ ।

सोमबार मतदान समाप्त हुँदा धेरै नागरिकहरूले मेलोनीको आह्वान मानेको देखिएको थियो । दुई दिनको मतदानमा ३० प्रतिशत मतदाताले मतदान गरे । यो कानुनीरूपमा बाध्यकारी बनाउन आवश्यक ५० प्रतिशतभन्दा धेरै कम हो ।

यो नतिजा मध्ये–बाम विपक्षीको लागि स्पष्ट हार भएको बताइएको छ । यसले इटालीको नागरिकताको लागि आवश्यक बसोबासको अवधि १० वर्षबाट घटाएर ५ वर्ष पार्ने र एक दशकअघि लागु गरिएको श्रम बजार उदारीकरण उल्टाउने प्रस्ताव गरेको थियो ।प्रधानमन्त्री मेलोनीले नागरिकता प्रस्तावहरूको विरोध गर्दै मतदान केन्द्रमा जाने तर मतदान नगर्ने घोषणा गरेकी थिइन् ।मेलोनी सरकारको उद्देश्य अनियमित आप्रवासन घटाउने हो । तर यसले आप्रवासी वर्क भिसाको संख्या बढाएको छ ।कानुनमा परिवर्तनले लगभग २५ लाख विदेशी नागरिकलाई प्रभाव पार्ने थियो । सीएनएन

सम्बन्धित खबर