
झापा । अमेरिकाको लस एन्जलसमा फेरि विरोध प्रदर्शन चर्किएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा राष्ट्रिय सुरक्षागार्डको तैनाथ गरेपछि लस एञ्जलसमा हजारौँ प्रदर्शनकारीहरू सडकमा आएका छन् । उनिहरुले प्रमुख राजमार्ग समेत अवरुद्ध गरेका छन् । उनीहरूले कयौं स्वचालित गाडीहरूमा आगो समेत लगाएका छन् ।
भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली हानेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथ ढुङ्गा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिररहेका छन् । ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि विरोध प्रदर्शन भईरहेको हो ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्रम्पलाई सेना तैनाथी रद्द गर्न आग्रह गरेका छन् । ट्रम्पले भने कानून र व्यवस्था सुनिश्चित गर्न सेना परिचालन गरेको प्रतिक्रिया दिएका छन् ।