२०८२ जेठ २४, शनिवार , ०९:०६:०४ बजे

Sajhamanch
'

प्रथम कमल क्याम्पोरीमा ५५० को सहभागिता, तीन दिन चल्ने

शनिवार, जेठ २४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा प्रथम कमल क्याम्पोरी शुक्रबार सुरु भएको छ ।

वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा सुरु गरिएको क्याम्पोरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

“स्वयम् सेवा, अनुशासन र सहकार्यः कमल स्काउटको पहिचान” भन्ने उद्घोषका साथ २ रात ३ दिनसम्म सञ्चालन हुने छ ।

गाउँपालिका स्तरीय क्याम्पोरीमा कमलका १२ वटा विद्यालयबाट ४५० जना स्काउट, ५० जना स्काउटर र करिब ५० जना अतिथि रहने गाउँपालिकाका उपाध्यक्ष तथा कमल स्काउटका अध्यक्ष प्रमिला न्यौपाने तिवारीले उद्घाटनका क्रममा बताइन् ।

उद्घाटन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य, सहभागी विद्यालयका प्रधानाध्यापक, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

क्याम्पोरीमा सहभागी स्काउटले २२ वटा साहसिक कार्यसहित अन्य वौद्धिक प्रतियोगितामा समेत आफ्नो क्षमता प्रस्तुत गर्ने नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरीले बताए ।

क्याम्पोरीमा सहभागी स्काउटले युथ फोरम, केस स्टडी, सहकार्य, अनुशासन लगायतका कुरा सिक्ने जनाइएको छ । जुन कार्यले विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउन सहयोग पुग्ने क्याम्पोरी व्यस्थापन समितिका संयोजक मात्रिका सुबेदीले बताए ।

सम्बन्धित खबर