
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ ।
मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहेका छन् । योबीचमा हिजो ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँगको आफ्नो निराशा बारे स्पष्ट पारेको खबरमा उल्लेख छ ।
ट्रम्प र मस्कबीचको टकरावका कारण ट्रम्प प्रसाशनले मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौताहरू कटौती गर्ने चेतावनी पनि दिइइरहेको छ । यही तनावकाबीच मस्कको कम्पनी टेस्लाको स्टक मूल्य १४ प्रतिशतले घटेको छ ।
गएको हप्ता मस्कले आधिकारिक रूपमा आफ्नो सरकारी पद छोडेपछि उनीहरुबीच विवाद शुरु भएको हो । उनी ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात खर्च कटौती विभागमा झन्डै साढे ४ महिना काम गरेपछि अघिल्लो हप्ता बाहिरिएका थिए।