२०८२ जेठ २३, शुक्रवार , ०९:४०:३९ बजे

Sajhamanch
'

यूएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए। उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए ।

यूएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने मन्त्रालयले जनाएको छ । यसअघि यूएई जाने कामदारको हकमा पहिले ८००, एक हजार र एक हजार २०० दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ ।

यूएईको एक हजार दिराम भनेको नेपाली भन्डै ३७ हजार रुपैयाँ हुन्छ ।

सम्बन्धित खबर