
संखुवासभा । सङ्खुवासभा भोटखोला गाउँपालिकाको विभिन्न वडामा रहेका ५ वटा काठेपुल बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार बुधवार दिउँसो आएको बाढीले भोटखोला १, २ र १, ३ जोड्ने धुङगोपा खोलामा रहेका १५/१५ मिटर लामो २ वटा काठेपुल बगाएको हो । त्यस्तै भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ ।
उता भोटखोला १ र ३ जोड्ने छोकाङ खोलामा रहेको २० मिटर लम्बाई भएको काठे पुल बगाएको छ । भोटखोला १ र ३ जोड्ने माप्च्या खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ ।
भोटखोलामा बाढी र पहिरो यो वर्ष धेरै स्थानमा गएको स्थानीयले बताएका छन् । निरन्तर वर्षा भइरहेको हुँदा सम्भावित थप जोखिमप्रति स्थानीय बासिन्दाहरूलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।