२०८२ जेठ २३, शुक्रवार , ०१:१६:३१ बजे

Sajhamanch
'

भारतमा बेङ्गलुरुको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको पुष्टि

बिहिवार, जेठ २२, २०८२

झापा । भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ ।

बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

१८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो युवा, महिला, बालबालिका र वृद्धवृद्धाहरूसहित लाखौं मानिसहरू सडकमा आएका थिए ।

यही क्रममा रङ्गशालाको गेटमै भागदौड भएको थियो । रङ्गशालाका मुख्य ढोकाहरू नखुलेका कारण धेरै मानिसहरूले सानो ढोकाबाट भित्र पस्ने प्रयास गर्दा भागदौड मच्चिएको प्रहरीको भनाइ छ ।

त्यहाँको घटनाबारे सार्वजनिक भएका तस्वीरहरुमा अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको देख्न सकिन्छ ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई आफ्नो सुरक्षाको ख्याल राख्न अपिल गरेका छन् । बेङ्गलुरुको टोलीलाई सम्मान गर्नका लागि बेङ्गलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।

अस्ति मङ्गलवार राति भएको आईपीएलको फाइनलमा बेङ्गलुरुले पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गरेको थियो ।

सम्बन्धित खबर