२०८२ जेठ २२, बिहिवार , ०६:३७:४५ बजे

Sajhamanch
'

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी पार्टीका उम्मेदवार ली विजयी

बुधवार, जेठ २१, २०८२

झापा । दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङले जितेका छन् ।

स्थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै सत्तारूढ दलका किम मुन सूले म्युङलाई बधाइसमेत दिएका छन् ।

चार करोड ४४ लाख योग्य मतदातामध्ये झन्डै ८० प्रतिशतले मतदान गरेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यो सन् १९९७ पछिको सबैभन्दा धेरै मतदान भएको हो । जीतसँगै ६१ वर्षीय लीले आज देशको राष्ट्रपतिको रूपमा शपथ लिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनले आफ्नो विजय भाषणमा दक्षिण कोरियाको अर्थतन्त्रलाई पुनः शुरू गर्ने र उत्तरसँग शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उनलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो । यसबीचमा विभाजनकारी विरोध प्रदर्शन र महिनौंको राजनीतिक अराजकता निम्तिएको थियो ।

सम्बन्धित खबर