२०८२ जेठ २२, बिहिवार , ११:४२:३९ बजे

Sajhamanch
'

बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जित्यो, पन्जाब ६ रनले पराजित

बुधवार, जेठ २१, २०८२

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

हिजो भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।

बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए ।

लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको थियो ।

पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।

सम्बन्धित खबर