२०८२ जेठ ११, आइतवार , ०५:२७:३१ बजे

Sajhamanch
'

झन्डै एक तिहाइ सिरियाली नागरिक पूर्ववर्ती सरकारको खोजी सूचीमा

आइतवार, जेठ ११, २०८२

झापा । सिरियाको गृह मन्त्रालयले गएको डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले झन्डै एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध शुरू भएको थियो र पछि लाखौं सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए । उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लङ्घनको सामना गर्नुपरेको थियो ।

धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पुर्‍याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको खबरमा उल्लेख छ ।

असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतङ्कवाद’ शब्दको प्रयोग गर्नुभएको थियो । लाखौं सिरियालीहरूलाई जेलमा राखिएकोमा धेरैले यातना भोग्नुपर्यौ र दशौं हजार अझै हराइरहेका छन् ।

इस्लामी नेतृत्वको गठबन्धनले गएको डिसेम्बरमा असदलाई उनको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै झन्डै १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो ।

सम्बन्धित खबर