२०८२ जेठ २२, बिहिवार , ०८:३९:२२ बजे

Sajhamanch
'

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा मतदान चल्दै, नयाँ नेताका चुनौतीहरू के के हुनेछन् ?

मङ्गलवार, जेठ २०, २०८२

झापा । दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ । पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उनलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो ।

स्थानीय समय अनुसार ४ बजेसम्म ७१ प्रतिशतभन्दा धेरै कीर्तिमानी मत खसेको दक्षिण कोरियाको निर्वाचन आयोगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् २०२२ मा भएको पछिल्लो राष्ट्रपति चुनावमा ७७ प्रतिशत मत खसेको थियो । देशभर झन्डै ४ करोड ४४ लाख योग्य मतदाता छन् ।

राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारूढ दलका किम मुन सूबीच छ । किम मुन पूर्वराष्ट्रपति युन सुक–योलको मन्त्रिपरिषद्मा मन्त्री थिए ।

झन्डै दुई दशकमा पहिलो पटक दक्षिण कोरियाको शीर्ष पदका लागि कुनै पनि महिला प्रतिस्पर्धामा छैनन् । धेरै युवा मतदाताहरूले देशमा एक निर्णायक नेता देख्न चाहेको बताएका खबरमा उल्लेख छ ।

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गगर्ने छन् । ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टीलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । दक्षिण कोरिया अमेरिकामा स्टील निर्यात गर्ने चौथो ठूलो देश हो ।

यस्तै नयाँ राष्ट्रपतिले दक्षिण कोरियाको शक्तिशाली छिमेकी चीनसँग कस्तो सम्बन्ध राख्न चाहन्छन् र बढ्दो खतरनाक आणविक हतियारधारी उत्तर कोरियासँग कसरी व्यवहार गर्ने भन्ने निर्णय पनि गर्नुपर्नेछ ।

सम्बन्धित खबर