२०८२ जेठ ११, आइतवार , ०३:०९:३३ बजे

Sajhamanch
'

काठमाडौंमा सहकारी पीडितहरुको अर्धनग्न प्रदर्शन

आइतवार, जेठ ११, २०८२

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको माइतीघरमा आज थाल ठटाउँदै अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

सरकारसँग पटक पटक भएको सम्झौता र सर्वोच्च अदालतको परमादेश अनुसार कोष खडा गरेर बचतकर्ताको बचत फिर्ता गर्नुपर्ने लगायत उनीहरुको माग छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चले परमादेश दिएको थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सहकारी नियमन प्राधिकरण अन्तर्गत कोष बनाइने उल्लेख छ ।

आउँदै गरेको बजेटमा समेत आफ्नो माग राख्न प्रदर्शन गरिएको प्रदर्शनकारीहरुले बताएका छन् ।

सम्बन्धित खबर