२०८२ जेठ ११, आइतवार , १०:२४:३३ बजे

Sajhamanch
'

रुस र युक्रेनबीच ठूलो सङ्ख्यामा कैदीबन्दी आदानप्रदान

आइतवार, जेठ ११, २०८२

झापा । रुस र युक्रेनले युद्ध शुरू भएदेखि अहिलेसम्मको सबैभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी साटासाट गरेका छन् ।

पछिल्लो चरणमा साटासाट भएका ८०० जना कैदीबन्दी आ–आफ्नो देश फर्किएका सीएनएनले जनाएको छ । पछिल्लो सहमतिलाई कार्यान्वयन गर्दै अस्ति शुक्रवारदेखि कैदी आदानप्रदान प्रकृया शुरू भएको थियो ।

रुस र युक्रेनले एकरएक हजार गरी कुल दुई हजारको सङ्ख्यामा बन्दीहरु साटासाट गर्ने सहमति गरेका छन् । यो सहमति अघिल्लो हप्ता टर्किएको राजधानी इस्तानबुलमा भएको बैठकको प्रमुख उपलब्धि थियो ।

कैदीबन्दी साटासाट भइरहेका बेला पनि रुसले आक्रमणलाई निरन्तरता दिएको युक्रेनले जनाएको छ ।