२०८२ जेठ ११, आइतवार , १०:२२:१६ बजे

Sajhamanch
'

बिषालु सर्पले डस्दा एक बालकको मृत्यु

आइतवार, जेठ ११, २०८२

विराटनगर । मोरङको बेलबारीमा बिषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ ।

शनिबार साँझ ७ः३० बजे बेलबारी –८ वीरेन्द्र चोक बस्ने सुवास खत्रीका छोरा ११ वर्षीय शिशिर खत्रीलाई सर्पले दाहिने खुट्टाको पन्जामा टोकी उपचारको लागि कोशी अस्पताल विराटनगर लगेकोमा चेकजाँचपश्चात् डाक्टरले राति ८ बजे मृत घोषणा गरेका थिए । उनलाई कुन सर्पले टोकेको हो भनेर खुलेको छैन । मृतकको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।