
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच आज भएको वार्तामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।
चारवटै व्यवसायी महासंघले भोलि पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडि बढेको उनले जानकारी दिए ।
अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताइएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडि बढेको थियो ।
अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।
रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताए ।