२०८२ जेठ ११, शनिवार , १०:४६:०२ बजे

Sajhamanch
'

कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार

शनिवार, जेठ ११, २०८२

काठमाडौं । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई जना नेपाली नागरिकको उद्धार गरिएको छ । नेपाली राजदूतावास थाइल्यान्डले उनीहरुलाई उद्धार गरी स्वदेश फर्काएको हो । हिजो स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् ।

सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन र नजान राजदूतावासले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर