
झापा । युक्रेनले रुससँगको युद्धका क्रममा अहिलेसम्मकै सबैभन्दा लामो दूरीको ड्रोन आक्रमण गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमानलाई लक्षित गरेर लगातार ड्रोन आक्रमण गरेको हो ।
युक्रेनले ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने ठाउँमा ११७ वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ ।
यसका लागि स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
यसका लागि १८ महिनादेखिको तयारी रहेको उनको भनाइ छ । ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको युक्रेनको दाबी छ । तर रुसले आफ्ना पाँच क्षेत्रमा युक्रेनी आक्रमण भएको पुष्टि गर्दै यसलाई आतङ्कवादी कार्य भनेको छ ।
युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो । टर्किएको इस्तानबुलमा आज रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता हुने खबरमा उल्लेख छ ।
दुवै पक्षको युद्ध अन्त्य गर्ने विषयमा ठूलो मतभेद रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण शुरु गरेका थिए ।
अहिले रुसले युक्रेनको झन्डै २०५ भू(भाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा कब्जा गरिएको दक्षिणी क्राइमिया प्रायद्वीप पनि पर्छ ।