२०८२ असार २, सोमवार , ०२:४५:१२ बजे

Sajhamanch
'

भारतमा बाढीपहिरोका कारण ३० जनाको ज्यान गयो

सोमवार, जेठ १९, २०८२

झापा । भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको ज्यान गएको छ ।

बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र तल्लो तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन मुख्यमन्त्री हिमन्त विश्व शर्माले आग्रह गरेका छन् ।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् ।

यस्तै गएको शुक्रवारदेखि परेको पानीले सिक्किमका धेरै भाग जलमग्न हुँदा जनजीवन प्रभावित भएका छन् । उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर एक हजार ५०० भन्दा धेरै पर्यटक फसेका छन् ।

राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा पनि जल सतह बढेको छ ।