२०८२ जेठ १९, सोमवार , ०९:११:४१ बजे

Sajhamanch
'

आइतवार, जेठ १८, २०८२

झापा । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । २१ वर्षीया ओपल अन्तर्राष्ट्रियसम्बन्धी विद्यार्थी हुन् ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र एशियाबाट थाइल्यान्डबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा दोस्रो नम्बरमा इथियोपियाकी हैसेट देरेज र तेस्रो नम्बरमा मार्टीनिककी आरेली योहाचिम थिइन् । ७ मे मा शुरू भएको प्रतियोगिता ३१ मे अर्थात् हिजो मिस वर्ल्ड चुनेर समापन भएको छ ।

नेपालबाट सृच्छा प्रधानले मिस वर्ल्डमा प्रतिनिधित्व गरेकी थिइन् । तर उनी अन्तिम ४० अर्थात् क्वार्टरफाइनलमा नपुग्दै बाहिरिएकी थिइन् । प्रतियोगितामा नेपालसहित एक सय आठ देश सहभागी थिए ।

सम्बन्धित खबर