२०८२ जेठ १९, सोमवार , ०४:३७:५९ बजे

Sajhamanch
'

गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे

आइतवार, जेठ १८, २०८२

झापा । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका जनाएको छ ।

पछिल्लो दुई दिनमा डब्ल्यूएफपीले गाजामा आटासहितको ७७ ट्रक पठाएको थियो । तर बाटोमै रोकेर नागरिकले लगेका डब्ल्यूएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । ती ट्रकहरू गोदामसम्म पुग्न नपाएका डब्ल्यूएफपीका प्रवक्ता अबीर एतेन्फाले बताएका छन् ।

सीमित मात्रामा गाजामा पुगेको र पुग्दै गरेको सामग्री अत्यन्तै न्यून छ । यसले झन्डै २१ लाख नागरिकको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्था छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजाको अवस्थालाई अत्यन्तै गम्भीर जनाएको छ ।

निरन्तर आक्रमणले खाना र पानीको अभाव, कुपोषणको समस्या, उपचार अभावजस्ता विषय अति सङ्कटपूर्ण रहेको उल्लेख छ ।

सम्बन्धित खबर