
झापा । आणविक फोहोर पानीको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको चीन र जापानले बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर चीनले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।
सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थालेको थियो ।
यो कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर चीनबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।
यसै हप्ता चीनको बेइजिङमा जापानी अधिकारीसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।