
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार कर नीतिविरुद्ध अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानूनी घोषित गरेकोमा अमेरिकी सङ्घीय पुनरावेदन अदालतले यो आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको अदालतले हिजो ह्वाइट हाउसको आपतकालीन कानूनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो ।
अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कंग्रेस अर्थात अमेरिकी संसद्लाई दिएको र राष्ट्रपतिले अर्थतन्त्र सुधार गर्ने मनसायको लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो ।
ट्रम्प प्रशासनले यो निर्णयविरुद्ध पुनरावेदन गरेको थियो । आफ्नो पुनरावेदनमा, ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौंदेखि चलिरहेको व्यापार वार्तालाई बिथोल्ने खतरा रहेको बताएको छ ।
सङ्घीय पुनरावेदन अदालतको अन्तरिम आदेशअनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन गर्न पाउँछ । यस मुद्दाको अर्को सुनुवाइ जुन ५ तारिखमा हुनेछ ।