२०८२ असार २, सोमवार , ०९:२०:१० बजे

Sajhamanch
'

अमेरिकाले बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द गर्‍यो

बिहिवार, जेठ १५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौतालाई रद्द गरेको छ ।

अमेरिकी बायोटेक कम्पनीले बर्ड फ्लु खोप विकास गर्न मोडर्नासँग भएको सम्झौता रद्द भएको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ । ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि जनवरी १७ तारिखमा सम्झौताको घोषणा गरिएको थियो ।

सम्झौता चरा र गाईवस्तुमा सर्ने एच फाइभ एन वान इन्फ्लुएन्जा स्ट्रेनलाई लक्षित गर्ने एमआरएनए खोपका लागि गरिएको थियो । विज्ञहरूले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन् ।

सम्झौता रद्दपछि मोडर्नाले खोपको विकास र निर्माण कोषका लागि ‘विकल्पहरू खोज्ने’ जनाएको छ ।