२०८२ जेठ ८, बुधवार , ०५:४१:१० बजे

Sajhamanch
'

यस वर्षको ‘बुकर’ पुरस्कार भारतीय लेखिका मुस्ताकलाई

बुधवार, जेठ ८, २०८२

झापा । यस वर्षको ‘बुकर’ पुरस्कार भारतीय लेखिका, वकिल एवम्सा माजिक अभियन्ता बानु मुस्ताकले प्राप्त गरेकी छन् । उनले कन्नड भाषामा लेखेको ‘हार्ट ल्याम्प’ पुस्तकका लागि बुकर पुरस्कार प्राप्त गरेको बीबीसीले जनाएको छ ।

यो पुरस्कार ‘हार्ट ल्याम्प’ पुस्तकको अङ्ग्रेजी अनुवादलाई प्रदान गरिएको हो । पुस्तकको अनुवाद दीपा भष्ठीले गरेकी हुन । हार्ट ल्याम्प अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने कन्नड भाषाको पहिलो पुस्तक बनेको छ ।

बेलायतको लन्डनमा भएको समारोहमा उपलब्ध गराएको ५० हजार पाउन्ड पुरस्कार लेखिका बानु मुस्ताक र अनुवादक दीपा भष्ठीलाई बराबरी बाँडिनेछ । दीपा भष्ठी अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय अनुवादक बनेकी छन् ।

हार्ट ल्याम्प बानु मुस्ताकको लघु कथाहरूको सङ्ग्रह हो । यसमा सन् १९९० देखि २०२३ को बीच लेखिएका १२ वटा कथा समावेश छन् ।

यी कथाहरूमा दक्षिण भारतमा बसोवास गर्ने मुस्लिम महिलाको जीवन, उनीहरूले भोग्नुपरेका सामाजिक, धार्मिक र लैङ्गिक समस्या उजागर गरिएको छ ।

पुरस्कार जितेलगत्तैको भाषणमा मुस्ताकले शब्दहरूलाई आफ्नो मनमा स्थान दिएर स्वागत गरेको भन्दै पाठकहरूलाई धन्यवाद दिएकी छन्प ।