२०८२ असार १, आइतवार , ०९:२८:४० बजे

Sajhamanch
'

आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

उनले यस वर्ष ४ दशमलव ६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५ दशमलव १६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहने अनुमान गरिएको छ ।

फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको समेत उनले जानकारी दिए ।

सम्बन्धित खबर