२०८२ असार २, सोमवार , ०९:०४:५२ बजे

Sajhamanch
'

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो

बिहिवार, जेठ १५, २०८२

झापा । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ ।

ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार अदालतले फैसला सुनाएको हो ।

राष्ट्रपति ट्रम्पले कर लगाएका देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट दायर गरिएको मुद्दामा फैसला गर्दै अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार बताएको बीबीसीले जनाएको छ । यो फैसलाले ट्रम्प प्रशासनको व्यापार कर नीतिमा धक्का पुर्‍याएको छ ।

यसैबीच अदालतले हिजो फैसला सुनाएको केही समयमै ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालको अवस्थालाईलाई कसरी उचित रूपमा सम्बोधन गर्ने भन्ने निर्णय गर्ने काम न्यायाधीशहरूको नभएको भन्दै प्रतिक्रिया दिएको छ ।

ह्वाइट हाउसका उप प्रेस सचिव कुश देसाईले निकालेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पहिलो स्थानमा राख्ने प्रतिबद्धताका साथ काम अघि बढाउनु भएकामा अदालतको हस्तक्षेपले आर्थिक क्षेत्रमा आउनसक्ने सङ्कटलाई सम्बोधन गर्न कठिनाई हुने उल्लेख छ ।