
झापा । इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।
दुई वर्ष अघिको आक्रमणपछि गाजामा युद्ध चर्किएको हो । युद्ध शुरू भएको ६०० दिन पुग्दा हमासमा नेता सिनवार मारिनुलाई आफ्नो सेनाको ठूलो उपलब्धि भएको भन्दै प्रधानमन्त्री नेतान्याहूले सेनाको प्रशंसा गरेको बीबीसीले जनाएको छ ।
हमासले भने यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि सन् २०२४ को अक्टोबरमा सिनवारका दाइ हमासका अर्का उच्च नेताको इजरायली आक्रमणमा ज्यान गएको थियो । गाजामा खाद्यान्न सङ्कटकाबीच इजरायलले आक्रमण गरिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घलगायत अरू अन्तर्राष्ट्रिय निकायले गाजामा खाद्यान्न वितरण भइरहेको ठाउँमा इजरायली आक्रमण भएका कारण दर्जनौं मानिस घाइते भएका भन्दै अमेरिका र इजरायलसमर्थित सहायता प्रणालीको आलोचना गरिरहेका छन् ।
इजरायली सेनाले खाद्यान्नका लागि पर्खिरहेका नागरिकमाथि पनि गोली चलाएका थिए ।