२०८२ जेठ ७, मङ्गलवार , ०२:५०:५० बजे

Sajhamanch
'

गभर्नर सिफारिस समिति बनेको दुई महिनापछि बोलाइयो बैठक, आजै नियुक्तिको सम्भावना

मङ्गलवार, जेठ ७, २०८२

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । १० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।

समिति गठनको करिब दुई महिनापछि मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले सम्भवतः आजै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुने सम्भावना छ ।

अर्थमन्त्रीको अध्यक्षताका हुने सिफारिस समिति दुईपटक पुनर्गठन भइसकेको छ । सुरुमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई समितिको सदस्य थिए । भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको थियो ।

त्यसपछि पुनः डा. पौडेलले पनि सिफारिस समितिबाट राजीनामा दिएपछि सो ठाउँमा डा. पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ ।

प्रा।डा। पौडेलसहितलाई गभर्नरमा सिफारिस गरिने र उनलाई नै गभर्नर नियुक्त हुने सम्भावना रहेको एक उच्च राजनीतिक स्रोतले बतायो ।

यसअघि आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।

सम्बन्धित खबर