२०८२ जेठ १५, बिहिवार , ०१:५७:२३ बजे

Sajhamanch
'

५० वर्षपछि क्यानडाको संसद्‍मा बेलायती राजाको सम्बोधन

बुधवार, जेठ १४, २०८२

झापा । क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गरेका छन् । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गरेका हुन् ।

क्यानडाको संसद्‍मा सम्बोधन गर्दै उनले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको बताएका छन् ।

गएको अप्रिलमा भएको आमचुनावमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क कार्नीको नीतिलाई प्राथमिकतामा राख्दै उनले सम्बोधन गरेको बीबीसीले जनाएको छ ।

राजा चार्ल्सले सम्बोधनका क्रममा क्यानडाले अस्वाभाविक चुनौतीको सामना गरिरहेकोले देशको आवश्यकतानुसार साझेदार देशसँगको सम्बन्धमा परिवर्तन हुने कुरा बताए। उनले प्रधानमन्त्री कार्नीको नयाँ अर्थ नीतिको समेत प्रशंसा गरेका छन् ।

कार्नीले क्यानडाको अर्थतन्त्र सुधारका लागि आउँदो जुलाईदेखि लागू हुने गरी धेरै नीति लिएका छन् । यसअघि सन् १९५५ मा एलिजाबेथ द्वितीयले पहिलो पटक स्वतन्त्र क्यानडामा सम्बोधन गरेका थिए।

सम्बन्धित खबर