
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उडप्यानल उद्योगमा आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिका–१२ मा रहेको उद्योगमा गएराति साढे २ बजेदेखि लागेको आगो अहिले पनि निभ्न सकेको छैन ।
आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत ठाउँका १६ वटा दमकलको प्रयोग गरिएको छ । भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।