२०८२ जेठ ६, सोमवार , ०४:२९:२९ बजे

Sajhamanch
'

चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा ुएन्टी–डम्पिङु शुल्क लगायो

सोमवार, जेठ ६, २०८२

झापा । चीनले अमेरिका, युरोपेली युनियन (ईयू) र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगाएको छ । चीनको विदेश मन्त्रालयले एक प्रकारको इन्जिनियरिङ प्लास्टिकमा ७४ दशमलव ९ प्रतिशतसम्म एन्टी डम्पिङ शुल्क घोषणा गरेको एएफपीले जनाएको छ ।

नयाँ शुल्कले कारका पाटपुर्जा, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने प्लास्टिकको आयातलाई लक्षित गर्ने खबरमा उल्लेख छ । नयाँ शुल्कहरू अमेरिका र चीनले एकअर्काका सामानमा व्यापक कर कटौती गरेको केही दिनपछि आएको छ ।

विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा हलचल ल्याएको निर्मम व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ ।

चीनले व्यापक व्यापार विवाद भएका देशहरूविरुद्ध बारम्बार एन्टी–डम्पिङ अनुसन्धान शुरू गरेको छ । गएको अप्रिलमा चीनले फ्रान्सको निर्यात–निर्भर कोग्नाक उद्योगमा असर पार्दै ईयू ब्रान्डीमा एन्टी–डम्पिङ उपायहरू लगाएको थियो ।

सम्बन्धित खबर