२०८२ जेठ ६, सोमवार , ०१:०२:४६ बजे

Sajhamanch
'

यूएईलाई हराउँदै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा

सोमवार, जेठ ६, २०८२

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाइन् ।

यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् ।

नेपाल एशिया छनोटमा समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–३’ मा पुगेको थियो । यस्तै समूह ‘ए’ को विजेता आयोजक थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएई पनि सुपर–३ मा पुगेका थिए । थाइल्यान्ड यसअघि नै ग्लोबल छनोटमा पुगिसकेको छ ।

सम्बन्धित खबर