२०८२ असार २, सोमवार , ०१:४७:२७ बजे

Sajhamanch
'

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना स् दुई जनाको ज्यान गयो, १९ जना घाइते

आइतवार, जेठ ४, २०८२

झापा । मेक्सिकन नौसेनाको एउटा जहाज अमेरिकाको न्यूयोर्कमा रहेको ब्रुकलिन पुलमा ठोक्किएर दुर्घटना भएको छ ।

मेक्सिकन नौसेना प्रशिक्षण जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र कम्तिमा १९ जना घाइते भएका त्यहाँका मेयर एरिक एडम्सलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

हिजो बेलुका पुलमा ठक्कर अघि जहाजले सन्तुलन गुमाएको थियो । अमेरिकी अधिकारीहरूले सदभावना भ्रमणमा रहेको जहाजमा दुई सय ७७ जना सवार रहेको बताएका छन् ।

दुर्घटनाका बेला खिचिएका भिडियोमा जहाज पुल मुनिबाट पार हुँदै गर्दा मुस्तल अर्थात् जहाजको माथि राखिने विशाल खम्बा ठोक्किएको देखिन्छ ।

त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । मेक्सिकन नौसेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै दुर्घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

सम्बन्धित खबर