२०८२ जेठ १, बुधवार , ०३:२४:२३ बजे

Sajhamanch
'

गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्

बुधवार, जेठ १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गरेका छन् ।

सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड दिँदै सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे ।

‘आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् ।

व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रूपमा यो विकास नहोस्’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट गैरआवासीय नेपालीलाई आग्रह गरे ।

उनले संस्थामा दलीय राजनीति नगर्न आग्रह गर्दै विभाजनको प्रयास सफल नहुने बताए । ‘विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ’, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले एनआरएनको वर्तमान अध्यक्ष डा।बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त समेत व्यक्त गरे ।

गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधन सुझावका आधारमा सरकारले गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीको छ ।

सम्बन्धित खबर